बीपी प्रतिष्ठानका रजिष्टारसहित चारविरुद्ध आरोप–पत्र दायर

  • प्रकाशित मितिः पुष १, २०७६
  • 872 पटक पढिएको
  • समय अनलाइन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जना उपर भ्रष्टाचार गरेकाे दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

आयोगले ५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो । प्रतिष्ठानले बिल भर्पाइ नराखी भौचरसमेत नउठाई रकम हिनामिना गरेको भनी परेको उजुरीको अनुसन्धानपछि बिगो दाबी गर्दै मङ्गलबार दायर गरेको हो । अनुसन्धानको क्रममा रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रूपा सिङ्घाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडालाई बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

उनीहरूलाई भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भर्पाइबिना नै जीबन पौडेलको नाममा चेक जारी गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित भएको छ । उक्त ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०, सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी पाँच लाख पचास हजार कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved