बिहेको अघिल्लो दिन लागूऔषधसहित बेहुला पक्राउ परे

  • प्रकाशित मितिः पुस १, २०७६
  • 1118 पटक पढिएको
  • समय अनलाइन

आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन् । भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। 

बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ । भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका १५ का कमल धमला विश्वकर्मा पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई डाइजापाम, एभिल र लुपिजेसिक गरेर २१ एम्पुल लागुऔषधसहित गत शनिबार विराटनगर महानगरपालिका १५ रानीबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

आइतबार बेहुला बनेर बेहुली लिन धनकुटाको चानुवा जानुपर्ने कमल लागुऔषधसहित पक्राउ परेपछि परिवारमा तनाव थपिएको थियो । कमललाई प्रहरीले शनिबार रातभर हिरासतमा राखेको थियो । 

तर बिहे सकिनसाथ ल्याएर बुझाउने भनेर परिवारका सदस्यको आग्रहपछि प्रहरीले बिहेका लागि साथमा दुईजना प्रहरीलाई सादा पोशाकमा खटाएर आइतबार उनलाई बेहुला बन्न घर पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved