पुष महिना लागेसँगै अत्यधिक चिसो र सितलहरले जनजीवन प्रभावित भएको छ ।
हिजो मंगलबार(पुष १ गते)देखि तराईका जिल्लाहरुमा सितलहरले जनजीवन कष्ठकर भएको छ भने आज पनि मौषक उस्तै छ । आज बिहानैदेखि तराईमात्र होइन, भित्रि मधेशका सहरहरुमा पनि हुस्सु र अत्यधिक चिसो बढेको छ । धरानमा पनि बिहानैदेखि हुस्सु छाएको छ । अत्यधिक चिसोले गर्दा जनजीवन प्रभावित छ ।
चिसोकै कारण इटहरीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । धरान रोडनस्थित गोर्खा बेकरी नजिक वेवारिसे एक व्यक्तिको शव फेला परेको प्रहरीको भनाई छ । चिसोबाट बृद्धवृद्धा तथा बालबालिकाहरु प्रभावित हुन्छन् । त्यसैले उनीहरुलाई चिसोबाट जोगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । उनीहरुलाई न्यायो कपडा लगाइदिनुपर्ने वा तातो कोठामा राख्नुपर्ने हुन्छ ।
मौषम पुर्वानुमान महाशाखाका मौषमविद वरुण पौडेलका अनुसार डिसेम्बरदेखि जनवरीसम्म चिसो बढ्नु स्वभाविक भएपनि गत बर्ष भन्दा यसपाली चिसोको मात्रा बढी छ । जलवाष्पको कारणले हिमपात र बर्षा पनि भएकोले अहिले चिसोको मात्रा अत्यधिक बढेको पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved