उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामाउदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष मनोज कार्कीले बताए। दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था जटिल रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको वडाध्यक्ष कार्कीले बताए।
जिपमा सवार भारतको सिक्किममा बसोबास गर्ने र उनीहरु आफन्त भेटघाट गरी फर्कने क्रममा दुर्घटनामा परेको वडा नम्बर २ का अध्यक्ष इन्द्र राउतले जानकारी दिए।
मृतक तीनै जना पोखरातिर मजदुरी गर्न जानका लागि जिपमा सहयोग मागेर कटारीसम्म जाँदै थिए। कटारी हुँदै उनीहरु पोखरा जाने तयारीमा थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved