शीतलहरले जनजीवन प्रभावित

  • प्रकाशित मितिः पुष ४, २०७६
  • 812 पटक पढिएको
  • समय अनलाइन

केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् । जसका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ ।

विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक महिनाअघि नै शीतलहर देखापरेको छ । बाक्लो हुस्सुले आकाश ढाकेका कारण तराइवासीले केही दिनयता घामसमेत देख्न पाएका छैनन् ।

यस्तै, मध्य तराई र पूर्वी तराईका केही ठाउँमा पनि हुस्सु र कुहिरोसँगै पानीका थोपा झर्न थालेको छ । मौसमविद्काअनुसार अझै एक/दुई दिन यी क्षेत्रमा शीतलहर कायम रहनेछ । हुस्सुले गर्दा बाटो स्पस्ट नदेखिने भएकाले सडक दुर्घटनाको जोखिमसमेत बढेको सर्लाहीका प्रहरी सहायक निरीक्षक परशुराम घिमिरे बताउँछन् ।

बाक्लो तथा न्यानो लत्ताकपडा पर्याप्त नहुँदा विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका चिसोका कारण बढी प्रताडित बनेका हुन् ।  अत्यधिक चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून भएपछि कतिपय ठाउँमा  शैक्षिक संस्था पनि बन्द गरिएको छ ।

चिसो बढेसँगै स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप बढ्न थालेको ब्रह्म भूमि हेल्थ रिसर्च सेन्टर सर्लाहीका डा. दीपनारायण झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved