इटहरी । प्रदेश नं एक इसाई समाजले इसाई धर्मालम्बिहरुको महान पर्व ख्रिष्टमसमा प्रदेश एक सरकारले सार्वजनिक बिदा दिनु पर्ने भन्दै प्रदेश एकका मुख्य मन्त्रि शेरधन राईको ध्यानाकर्षण गराएका छन् । इसाई धर्मालम्बिहरुले प्रभु इसुको जन्मोत्सवमा मनाउने ख्रिष्टमसमा सरकारले बिदा दिनु पर्ने माग राख्दै मुख्य मन्त्रि समक्ष ज्ञापन पत्र बुझाएको हो ।
अल्प संख्यक रुपमा रहेका इसाईहरुको पर्वमा सरकारले बिदा नदिनुले लोकतान्त्रिक धर्म निरपेक्ष राष्ट्र रहेको नेपालमा बिभेद गरिनु लोकतन्त्र माथीको अपमान हुने हामीले बुझेको इसाई समाज प्रदेश नं एकका अध्यक्ष बिक्रम बर्णवास येक्तेनले बताए । सबै धर्म, जातीले आफ्नो पर्वमा सार्वजनिक बिदा पाउदा इसाईहरुको पर्वमा बिदा नदिनुले इसाईहरुलाई बिभेद गरेको महसुस भएको अध्यक्ष येक्तेनको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved