प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी, समावेशी बनाउन माग

  • प्रकाशित मितिः पुस ६, २०७६
  • 1104 पटक पढिएको
  • समय अनलाइन

प्रदेश सरकार गठन भएको दुई वर्ष बित्न लाग्दा मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । ५ सदस्यीय मन्त्रिपरिषद समावेशी नभएको भन्दै गठन भएकै दिनदेखि आलोचना हुँदै आएको छ ।

मन्त्रिपरिषद्मा महिला र दलितको सहभागिता छैन । प्रदेशसभा सदस्य, महिला र दलित अधिकारकर्मीले मन्त्रिपरिषद् असमावेशी भएको भन्दै आलोचना गर्दै आएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रदेश सरकारले अन्तर–प्रदेश समन्वय परिषद्ले गरेको निर्णयलाई संघीय सरकारबाट अनुमोदन पर्खेको छ ।

अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा २९ बुँदे सहजीकरण संघीयता कार्यान्वय कार्ययोजनाकोएउटा बुँदामा कति संख्यासम्म प्रदेश सरकार विस्तार गर्न पाउने भन्ने उल्लेख छ । त्यसको निर्णय संघीय सरकारबाट हुनुपर्ने हो र त्यही निर्णय हुन नसक्दा प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । संघीय सरकारले प्रदेशस्तरीय मन्त्रिपरिषद्को संख्या नतोके पनि प्रदेश सरकारले पुसभित्रै विस्तार गर्ने तयारी थालेको छ ।

०७४ फागुन ३ मा शपथग्रहण गरेका मुख्यमन्त्री शेरधन राईले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । प्रदेश सरकार मातहत हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्रीमा इन्द्रबहादर आङ्बो, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जगदीशप्रसाद कुसियैत र सामाजिक विकासमन्त्री जीवन घिमिरे छन् ।

सरकारले पूर्णता नपाउँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नेतृत्वविहीन छन् । ती दुई मन्त्रालय मुख्यमन्त्री राई आफैंले सम्हाल्दै आएका छन् । हालसम्म मन्त्रिपरिषद्मा तत्कालीन माओवादीबाट एक र एमालेबाट ४ जना प्रतिनिधित्व गरिरहेकाले रिक्त दुईमध्ये दुवै दलबाट एक/एक जना भागबन्डामा मन्त्री नियुक्त गरिनुपर्ने बहस चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved