१० दिन बितिसक्दा पनि खुलेन धनकुटा उद्योग वाणिज्य संघको ताला

  • प्रकाशित मितिः पुष ६, २०७६
  • 1246 पटक पढिएको
  • समय अनलाइन

४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १० दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो । 

धनकुटा ६ स्थित सल्लेरीमा रहेको धनकुटा उद्योग वाणिज्य संघको गेटमा अहिले दोहोरो ताला झुण्डिएको छ । बाम पक्षधर असन्तुष्ट व्यवसायीले सदस्यता पाउनुपर्ने माग गर्दै संघको उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भएको भोलीपल्ट अर्थात् मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालाबन्दी गरेको थियो । 

लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचन प्रक्रियालाई तत्काल सूचारु गर्न माग गर्दै मंसिर ३० गते तालाबन्दी गरेको थियो। 

अहिले उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालाबन्दी भएको छ । अहिले पनि दुवै पक्षधर व्यवासायीबीच  पटक-पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।  तालाबन्दीकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले पटक-पटक राखेको सर्वपक्षीय बैठक निष्कर्ष बिहीन अवस्थामा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved