सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा बन्दै गरेको ढल निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। बिराटनगरकाे बरगाछी देखि लिएर सुनसरीकाे फुल चाैक सम्म बन्न लागेको हुलाकी सडक आयोजना अन्तर्गत भुटाहामा हुलाकी सडक ठेक्कादारले ढल नालाकाे पेटीमा अरु ठेक्कादारलाई दिएको छ। निर्माण भइरहेका ढल तथा नाला बनाउने काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । हरिनगर गाउँपालिका भुटाहा क्षेत्रको सडक, ढल तथा नाला निर्माणको जिम्मेवारी लिएको विकाे विलर्डस कन्स्ट्रक्सनले निर्माणकार्यमा गुणस्तरहीन र कमसल सामग्रीको प्रयोग गरेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
उनीहरुले निर्माणकार्यमा ठेकेदारले ‘कमसल’ सामग्री प्रयोग गरेको फेला पारेको बताए । ठेकेदार कम्पनीले हुलाकी सडक निर्माण योजनाअन्तर्गत गाउँपालिकाकाे भुटाहा बजार क्षेत्रमा सडक तथा ढल निर्माणको काम सुरु गरे पनि काममा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा निर्माण सम्पन्न भएका सडक तथा ढलहरु तत्कालै चर्किने तथा भत्किने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
स्थानीय बासिन्दाहरुले समेत ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेको फेला पारेर स्थानीय सराेकारमा उजुरी गर्दा समेत निर्माण कार्यभइरहे सम्बन्धि वडा कार्यालयले भने कुनै प्रतिक्रिया नदिएको स्थानीयहरुको गुनासो रहेको छ । हरिनगर १ र २ भुटाहा बजारमा निर्माणाधीन नालाको काममा सिमेन्टमा अत्यधिक रुपमा बालुवाको मात्रा मिसाइएको र उक्त स्थानमा निर्मित नाला तत्कालै भत्किने र चर्किएको पाइएकाे छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved