इटहरीमा ३ दिन बिधालय बन्द गरिने

  • प्रकाशित मितिः पुष ६, २०७६
  • 1376 पटक पढिएको
  • समय अनलाइन

पुस महिनाको सुरुवातसंगै पुर्वी तराई जाडो बढ्न थालेको छ । विहानै देखि हुस्सु लाग्ने र कठ्याग्रीने जाडो हुन थालेपछि इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले विद्यालय विदाको निर्णय गरेका छन । 

इटहरी उपमहानगरपालिकाले तीन दिन र इनरुवा नगरपालिकाले दुई दिनको विदा दिने निणर्य गरेका हुन । इटहरी उपमहानगरपालिकाले ७ गते देखि ९ गते सम्म र इनरुवा नगरपालिकाले ७ र ८ गते विदा दिने निर्णय गरेको हो । चिसो बढ्न थालेपछि विद्यालयहरुमा आउने विद्यार्थीहरुको संख्या बढ्न थालेको र विद्यार्थीहरु प्रभावित वन्न थालेपछि स्थानीय सरकारको हैसियतले स्थानीय तहले विदा दिने निणर्य गरेका हुन ।

अत्याधिक चिसो वढ्न थालेपछि विद्यालयहरु मात्र हैन समग्र जनजिवन प्रभावित वन्न थालेको छ । चिसो बढ्न थालेपछि शहर वजारहरु, गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको छ । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो समेत घाम नलाग्ने गरेका कारण जाडो अधिक हुन थालेको छ । ताक्रम २० डिग्री भन्दा कम हुने गरेका कारण जाडोको प्रभाव पर्न थालेको छ । विशेष गरि जाडोको प्रभाव अन्य मानिस भन्दा बालबालिका , वृद्धवृद्धा ,विरामी र अशक्तहरुमा पर्ने गरेको छ ।
चिसो बढ्न थालेसंगै विद्यालयमा विद्यार्थीहरुको संख्यामा समेत कमी आउन थालेको छ । विद्यालय आएका विद्यार्थीहरु पनि जाडोवाट वच्न न्याना लुगाहरु लगाएर मात्र आएका देखिन्छन । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved