सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो ।
सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो। एसएमजी (सर्ट मेसिन गन) सहित ३ वटा ड्रममा खेमराज प्रधानको कुखुराको खोर मुनी गाडेको अवस्थामा हतियार फेला परेको हो ।
घटनास्थलमा बरामत गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिसकेको छ । बरामत गरिएको हतियार तत्कालिन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved