खराब मौसमको कारण पूर्वबाट हुने हवाई उडान रद्द हुन थाले

  • प्रकाशित मितिः पुस ७, २०७६
  • 986 पटक पढिएको
  • समय अनलाइन

खराब मौसमका कारण यस हिउँदमा पहिलो पटक आइतबार विराटनगर विमानस्थलबाट हुने हवाई उडान र अवतरण रद्द भएको छ । केही दिन यता बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल ढिलो खुल्ने र छिटो बन्द हुने समस्या हुदै आएको थियो । आइतबार विभिन्न एयरलाइन्सका १६ वटा उडान रद्द हुँदा करिब १ हजार यात्रुहरु प्रभावित भएका छन् ।

उनीहरु अधिकांश घण्टौ विमानस्थलमा कुरेर फर्किएका छन् भने केही हवाई यात्रुहरुले हवाई भाडा दर जत्तिकै भाडा बुझाएर स्कोर्पियो र हायसबाट सडक मार्ग हुदै संघीय राजधानी काठमाण्डौ हिडेका छन् ।

बाध्यतामा परेका हवाई यात्रुहरुसँग महंगो भाडा लिएर गाडीवालाहरुले ठगीरहदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएका छैनन् ।

विराटनगरबाट दैनिक बुद्ध, यति, श्री र नेपाल एयरलाइन्सले हवाई उडान भर्ने गर्छन । आइतबार बुद्धको ७ वटा, यतिको ५ वटा, श्री एयरलाइन्सका ३ वटा र नेपाल एयरलाइन्सको एउटा उडान रद्द भएको विमानस्थल प्रहरीले जनाएको छ ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ आइतबार ४ सय मिटर मात्र भिजिबिलिटी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved