इटहरीको नासिर मेनपावरले राहदानी गायब गरेको आरोप

  • प्रकाशित मितिः पुष ८, २०७६
  • 1947 पटक पढिएको
  • समय अनलाइन

सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुका लागि विभिन्न देशमा फ्री भिसा फ्री टिकट गर्ने निर्णय गरेको भएपनी विभिन्न मेनपावर कम्पनीहरुले त्यसको उल्लंघन गर्दै अबैधानिक तरिकाबाट पैसा असुलउपर गर्ने गरेको आरोप लागेको छ । 

इटहरीस्थित नासिर मेनपावरको शाखा कार्यालय रहेको कम्पनीले सरकारले गरेको निर्णय विपरीत पैसा असुलउपर गरेको इटहरीका समित पोखरेलले आरोप लगाएका हुन् । बाइक चालक काममा साउदी अरब जानका लागि पोखरेलले १ लाख बीस हजार रुपैँया सो मेनपावरलाई बुझाएको उनको भनाई रहेको छ । पछि सम्झौता गरे अनुसारको काम नहुने भएपछि पोखरेलले उक्त मेनपावरबाट पैसा फिर्ता मागेका थिए ।

उनले भने, ‘मैले बुझाएको पैसा त फिर्ता पाएँ तर मेरो अन्य कागजात र पासपोर्ट भने मेनपावरले दिन मानेन ।’ उनले आँफूले अहिले वैदेशिक रोजगारीका लागि जान खोजेको भएपनि मेनपावरले पासपोर्ट रोकेकाले समस्या भएको बताए । ‘

यता, मेनपावर सञ्ंचालक रमेश राउतले आँफूहरुले पोखरेललाई पासपोर्ट लिन बोलाएको तर लिन नआएको बताए । धेरै पटक मेनपावरको कार्यालय धाएपनि पासपोर्ट कहिले काठमाडौं त कहिले धरान त कहिले बिराटनगरमा छ भनेर झुक्याउने गरेको पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved