विराटनगरमा सातै प्रदेशका गृहमन्त्रीहरुको भेला: १० बुँदे साझा धारण तय

  • प्रकाशित मितिः पुस १२, २०७६
  • 1330 पटक पढिएको
  • समय अनलाइन

सात वटा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको भेला १० बुँदे साझा धारण तय गर्दै आज(शनिबार) विराटनगरमा सम्पन्न भएको छ ।

प्रदेश नं १ को राजधानी विराटनगरमा भएको छलफलमा प्रादेशिक शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक कानूनी व्यवस्था, नीति लगायतका विषयमा सातै प्रदेशका गृहमन्त्रीहरु सहमत भएका हुन् ।

प्रदेश प्रहरीको संचालनमा प्रदेश सरकारको नेतृत्वदायी भूमिका कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्नुपर्ने लगायतका विषयमा छलफलले निष्कर्ष निकालेको छ ।

प्रदेश १ मा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकार मातहतको प्रदेश प्रहरी आवश्यक रहेको र सोही अनुसार संघ सरकारले कानून निर्माण गरी प्रदेश प्रहरी गठनको बाटो खोल्न आवश्यक रहेको बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र न्यायाधिवक्ता तथा सुुरक्षा प्रमुुखहरुको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved