धरान सरोकार समाज काठमाडौँले शुक्रबार काठमाडौँ स्थित सहरी बिकाश आयोजनाको हलमा एक कार्यक्रम आयोजना गरि भर्खरै सम्पन्न उप निर्वाचनमा धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा धरान सरोकार समाज , काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले ले खादा तथा बुकी र सम्मान पत्रले धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गर्नुभएको थियो । त्यस्तै धरानको उपमेयर मंजु भण्डारीले सोहि समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को बिजेता बन्न सफल प्रियारानी लामा लाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै धरान सरोकार समाज , काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरानको बिकाशको लागि काठमाडौँमा रहेका हामी धरानेहरु हरेक पल धरान उप-महानगरपालिकाको साथमा रहेका थियों र रहनेछौ भन्दै नवानिवाचित मेयरज्यु बाट धरानको बिकाशमा नया आयाम थप्नुहुने आशा गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved