बराहक्षेत्रका ९० जना राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
बराक्षेत्र ५ अमाह सिमसारमा राप्रपा बराहक्षेत्र नगरसमितिद्वारा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा प्रदेश १ मिडिया नेपालका संयोजक बिजयकुमार राउतले नवप्रवेशीहरुलाई टिका लगाउँदै पार्टी प्रवेश गराएको नगर अध्यक्ष अर्जुन भट्टराईले बताए ।
अध्यक्ष भट्टराईको सभापति रहेको कार्यक्रममा जिल्ला सदस्य राम ठकुरी, महिला संगठन नगर उपाध्यक्ष लक्ष्मि कार्की, क्षेत्र ४ सभापति सहित विभिन्न वडाका राप्रपा अध्यक्षहरुको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved