एक महिला सुनसरीको इटहरीमा बलात्कृत भएकि छिन । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमानको खोजीमा भौतारिएकी ३२ वर्षीया महिला आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा बलात्कृत भएको अवस्थामा स्थानियले फेला पारेका छन । इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जवरजस्ती सफारीमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा जवरजस्ती गरेको अबस्थामा स्थानियले फेला पारेका थिए ।
स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा एक दिदिको शरणमा रहेकी ति महिला आइतबार दिउसो श्रीमान खोज्न इटहरी आएकी थिईन् । सोही क्रममा सिटिमा चढेर बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फोन गरेर अर्को सन्दिपलाई पनि बोलाएर जवरजस्ती बुढी खोला लागेको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved