नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरणको लामो समयपछि सुनसरी जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँडसहित कार्य विभाजन गरेको छ ।
शुक्रबार राती अबेरसम्म बसेको बैठकले ४५ सदस्यीय सचिवालय गठन गरेको छ भने जिल्लाको १२ वटै स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ ।
साथै, विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको नेकपा जिल्ला सचिव रमेशकुमार बस्नेतले जानकारी दिए । सचिव बस्नेतका अनुसार कुल सचिवालय ५६ सदस्यीय रहनेछ ।
त्यसमध्ये बैठकले ४५ सदस्यीय सचिवालय छनौट गरेको छ भने ११ सदस्य पछि थप गरिनेछ ।
यस्तै, बैठकले २ उपमहानगरसहित ६ वटा नगर र ६ गाउँपालिकासहित कुल १२ स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ ।
नेकपाका अनुसार बैठकलले धरान उपमहानगरको इञ्चार्जमा फोक्वाहाङ सुब्बा(चोत्लुङ) र सह–इञ्चार्जमा पदम इस्पो तोकेको छ भने इटहरी उपमहानगरको इञ्चार्जमा राजकुमार गिरी र सह–इञ्चार्जमा भिम सुवेदी तोकिएको छ ।
यस्तै, इनरुवा नगरपालिकाको इञ्चार्जमा गोपी ढकाल र सह–इञ्चार्जमा ओमकार दाहाल तोकिएको छ भने रामधुनी नगरपालिकाको इञ्चार्जमा श्यामनारायण राजधामी र सह–इञ्चार्जमा दिनेश चौधरी तोकिएको छ ।
दुहबी नगरपालिकाको इञ्चार्जमा राजेन्द्र चौधरी र सह–इञ्चार्जमा रोशन शर्मा तोकिएको छ भने बराहक्षेत्र नगरपालिकाको इञ्चार्जमा केशव तिम्सिना र सह–इञ्चार्जमा पुष्प ढुंगाना तोकिएका छन ।
यसैगरी कोशी गाउँपालिका इञ्चार्जमा मञ्टु यादव र सह–इञ्चार्जमा रामचन्द्र मटियत, हरिनगर गाउँपालिकाको इञ्चार्जमा दिलु मियाँ, देवानगञ्ज गाउँपालिकाको इञ्चार्जमा जमुना मेहता र सह–इञ्चार्जमा श्यामदेव साह, गढी गाउँपालिकाको इञ्चार्जमा आशनारायण चौधरी र सह–इञ्चार्जमा अनुष्ठ दाहाल, बर्जु गाउँपालिकाको इञ्चार्ज देवी रिजाल र सह–इञ्चार्जमा जगत भट्टराई तोकिएका छन ।
यस्तै, बैठकले विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको सचिव बस्नेतले जानकारी दिए ।
उनका अनुसार अर्थ योजना विभाग प्रमुखमा जयकुमार राई, संगठन विभाग प्रमुखमा नन्द बस्नेत, स्कुल विभाग प्रमुखमा चोत्लुङ, प्रचार विभाग प्रमुखमा राजन केडी, पर्यटन विभाग प्रमुखमा मुरारी सुवेदी तोकिएका छन् ।
बैठकमा नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भिम आचार्य, प्रदेश सह–इञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्लामा रहेका केन्द्रीय सदस्य, जिल्लाका प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved