मन्त्री छनोट र लोक सेवा आयोग पदाधिकारी सिफारिस एकलौटी गरिएको भन्दै सत्तारुढ नेकपामा असन्तुष्टि बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीको सुझाव र एकताको मर्मविरीत मन्त्रीमण्डल बिस्तार र प्रदेश लोक सेवा आयोगमा तीन सदस्यको नाम सिफारिस गरेको तत्कालिन माओवादी नेताहरूको आरोप छ ।
सरकार गठन भएको २३ महिनापछि आइतबार मुख्यमन्त्रीले मन्त्रीमण्डल बिस्तार गर्दै चारजना राज्यमन्त्री नियुक्त गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वास राज्यमन्त्री नियुक्त भएका छन् ।
राज्यमन्त्रीमा नियुक्ति पाएका प्रदेश कमिटी सदस्य तथा तत्कालिन माओवादीका विश्वासलाई चौथो मर्यादा क्रममा र नेकपा जिल्ला कमिटी सदस्य रहेका अम्बिरबाबु गुरुङलाई दोस्रो मर्यादामा राखेकामा पनि माओवादी पक्ष रुष्ट बनेको छ । तत्कालिन माओवादीले विश्वासलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिन सुझावका दिएको थियो । ‘तर मुख्यमन्त्री राईले आफ्नो अनुकुल निर्णय लिए’ एक नेताले भने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved