‘कांग्रेसले जितेका स्थानीय तहमा सरकारले विभेद गरेको छ’

  • प्रकाशित मितिः माघ ९, २०७६
  • 889 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ अन्तर्गत नेपाली कांग्रेसका प्रमुख–उपप्रमुखहरुले कांग्रेसले जितेका स्थानीय तहहरुमा केन्द्र र प्रदेश सरकारले विकासका काममा विभेद गरेको आरोप लगाएका छन् ।

प्रदेश १ कांग्रेस संसदीय दलद्वारा आयोजित कार्यक्रममा उनीहरुले प्रदेश सरकारले काँग्रेसले जितेका स्थानीय तहको बजेट विनियोजनमा विभेद गर्नेदेखि काम गर्न समेत धेरै गाहे बनाइदिने गरेको गुनासो पार्टी नेतृत्वसमक्ष राखेका हुन् ।

कार्यक्रममा सहभागीहरुले अब छुट्टै फोरम गठन गरिनुपर्ने विचार समेत व्यक्त गरेका छन् ।

कांग्रेसले जितेको स्थानीय तहमा प्रदेशबाट जाने बजेट सम्बन्धित स्थानीय सरकारको प्रमुखलाई पनि थाहा नदिई काम हुने गरेको उनीहरुको आरोप छ । उनीहरुले बजेट लगायतका काममा पनि प्रदेश सरकारले पक्षपात गर्ने गरेको बताएका छन् ।

कतिपय कांग्रेस समर्थित अध्यक्ष उपाध्यक्षले पार्टीको नेतृत्व तह हराएजस्तो र पार्टी भित्रैबाट महिलालाई जिम्मेवारी दिने र काम गर्ने क्रममा समेत विभेदको शिकार बनाउने क्रमको अन्त्य हुनुपर्ने आवज समेत उठाएका थिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved