भारतीय बीमा कम्पनी एलआइसी संकटमा, नेपालमा पनि असर

  • प्रकाशित मितिः माघ १३, २०७६
  • 1316 पटक पढिएको
  • समय अनलाइन

लाइफ इन्स्युरेन्स कर्पाेरेशन (एलआइसी) नेपालमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको भारतीय बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी)’ संकटमा परेकाे छ ।

भारत सरकारको स्वामित्व रहेको एलआइसीले लगानी गरेका कम्पनीहरू डुब्ने अवस्थामा पुगेपछि एलआइसी स्वयंमाथि संकट आइपरेको हो । एलआईसीकाे मुख्य लगानी रहेका दिवान हाउजिङ, रिलायन्स क्यापिटल, इण्डिया बुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंकलगायत कम्पनीहरू डुब्ने अवस्थामा पुगेकाे बताइएकाे छ ।

बीबीसी हिन्दीका अनुसार एलआइसीकाे पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स– एनपीए) शत प्रतिशत वृद्धि भएको छ । एलआइसीले सन २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ दशमलव १५ प्रतिशत पुगेकाे देखिन्छ । जबकि साे दर सन् २०१४/१५ मा जम्मा ३.३० प्रतिशत मात्रै थियो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएकाे नीतिका कारण एलआइसीले थप नोक्सानी बेहाेर्नुपरेकाे भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताएका छन् । उनका अनुसार एलआइसीमाथि संकट बढ्दै गएपछि कम्पनीप्रति नागरिकको विश्वास समेत गुम्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved