अनलाइन सपिङका नाममा ठगी : ६७ लाखसहित आठ पक्राउ

  • प्रकाशित मितिः माघ १४, २०७६
  • 1140 पटक पढिएको
  • समय अनलाइन

‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य  सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका- २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन्। 

आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ। ती मध्ये पनि खड्का र चौलागाई आचार्यको विश्वासपात्र रहेको अधिकारीको भनाइ छ। उनीहरु विराटनगर महानगरपलिका- ३ की यज्ञकुमारी खड्काको घरमा कोठा भाडामा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ। 

अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्‍याएको खुलेको छ। आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको एसपी अधिकारीले बताए। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved