प्रेमीसँग मिलेर पतिको हत्या,आरोपमा चार पक्राउ

  • प्रकाशित मितिः माघ १४, २०७६
  • 804 पटक पढिएको
  • समय अनलाइन

प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारले आफ्नै पतिको हत्या गरेकी छन् ।  दयावतीले प्रेमी कटहरी ७ का बोस भनिने ३६ वर्षीय बद्री सरदासँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विकासको शव ग्रामथान गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार बिहान फेला परेको थियो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मृतकको टाउकोको पछाडि चोट देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको जानकारी दिए । 

दयावती र प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार गरिएको हत्यामा अन्य दुईजनाले पनि सहयोग गरेको खुलेको छ । विकासको घरमा मदिरा पसल थियो । मदिरा सेवन गर्ने बहानामा कटहरी ७ का ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारलाई लिएर बद्री विकासको घर पुगेको एसपी अधिकारीले बताए। 

विकास र दयावतीले ललन र मुकेशलाई किस्ता तिर्ने रकम समेत सहयोग गर्ने सर्त राखेर एक सातादेखि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved