कोलम्बिया र जापान प्रतिष्पर्धा गर्दै, आ–आफ्नै रणनीतिमा

  • प्रकाशित मितिः असार ५, २०७५
  • 1207 पटक पढिएको
  • Prakash

कोलम्बिया र जापान प्रतिष्पर्धा गर्दै, आ–आफ्नै रणनीतिमा 

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल मोर्दोभिया एरिनामा हुनेछ ।

 

नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे खेल हुनेछ । कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयारीमा छ भने जापान कोलम्बियालाई रोक्दै आफु जित निकाल्ने रणनीति छ ।

अहिलेसम्म कोलम्बिया र जापानको ३ खेलमा भेट भएको छ । पहिलो पटक सन् २००३ मा भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाले जापानलाई १—० गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी सन् २००७ मा भएको खेलमा कोलम्बिया जापान गोलरहित बराबरीमा रोकिएको थियो भने सन् २०१४ को विश्वकपमा कोलम्बियाले जापानलाई ४—१ गोलले पराजित गरेको थियो ।

 

सन् २०१४ ब्राजिलले आयोजना गरेको विश्वकपमा एकै समुहबाट खेलेका कोलम्बिया र जापान ४ वर्ष पछि पुन रसियामा हुन लागेको विश्वकपमा एकै समुहबाट प्रतिष्पर्धा गर्दैछन् । 

 

विश्वकपमा कोलम्बिया र जापानको यस्तो छ इतिहास
कोलम्बिया

 

विश्वकप फुटबलमा सन् १९६२ मा पहिलो पटक सहभागिता जनाएको कोलम्बियाले अहिलेसम्म खासै उपलब्धि हासिल गर्न सकेको छैन । कोलम्बियाले अहिलेसम्म ५ वटा विश्वकप खेलिसकेको छ ।

 

सन् १९६२ मा चिलीमा भएको विश्वकपमा कोलम्बियाले डेब्यु गरेको थियो । तर यो विश्वकपमा कोलम्बियाको उपस्थिति समूह चरणमै सीमित बनेको थियो । सन् १९९० को विश्वकपमा भने अन्तिम १६ सम्म पुगेको कोलम्बियाको यात्रा प्रिक्वाटरफाइनलमा क्यामरुनसँग २–१ गोलले पराजित हुदै टुंगिएको थियो ।

 

सन् १९९४ र १९९८ को विश्वकपमा लगातार छनोट भएपनि कोलम्बियाको यात्रा समूह चरणमै सकिएको थियो । यसपछि कोलम्बियाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल खेलेको थियो । यो विश्वकपमा भने कोलम्बियाले ऐतिहासिक सफलता पाएको थियो ।तर, क्वाटरफाइनलमा ब्राजिलसँग २—१ ले पराजित भएपछि खेलबाट बाहिरिएको थियो ।

 

सन् १९६२ चिलीले आयोजना गरेको विश्वकपमा कोलम्बिया सहभागि हुँदा  समुह चरणबाटै बाहिरीएको थियो । समूह चरणको सबै खेलमा जित हात पारेको कोलम्बियाले अन्तिम १६ मा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । तर क्वाटरफाइनलमा आयोजक ब्राजिलसँग कोलम्बिया २–१ गोलअन्तरले पराजित भएको थियो । विश्वकप यात्रामा कोलम्बियाको यो नै अहिलेसम्मको ठूलो फड्को हो ।

 

सन् २०१४ को विश्वकपमा जेम्स रोड्रिगुएजले सर्वा्धिक ६ गोल गरेका थिए । रुस विश्वकपअघि निकै लयमा रहेका जेम्स कोलम्बियाको मुख्य हतियार हुन् ।

 

प्लेयर्स टु वाच
जेम्स रोड्रिगुएज

 

 

जेम्स राड्रिगुएज चर्चित कोलम्वियन खेलाडी हुन् । सन् २०१४ मा कोलम्वियाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा जेम्स राड्रिगुएजको महत्वपूर्ण भूमिका थियो । उनले विश्वकपमा ६ गोल गरेका थिए । सन् २०१४ को सर्वाधिक गोलकर्ता बनेका उनले गोल्डेन बुट पाएका थिए ।

 

पहिलो पटक विश्वकप खेलेका रोड्रिग्वेजले सर्वाधीक गोलकर्ता बने । सन् २०१४ मा समुह चरणको पहिलो खेलमा ग्रिसलाई ३—१ ले पराजित गर्ने क्रममा रोड्रिग्वेजले १  गोल गरेका थिए । दोस्रो खेलमा आइभेरी कोस्टलाई पराजित गर्ने क्रममा १ गोल गरेका थिए । त्यस्तै समुह चरणको अन्तीम जापानसँगको खेलमा १ गोल गरेका थिए ।

 

भने दोस्रो राउण्डमा उरुग्वेसँगको खेलमा २ गोल गरे । भने क्वाटर फाइनलमा ब्राजिलसँगको २,१ ले पराजित हुँदा १ गोल गरेका थिए । सन् २००५ मा इन्भिगाडो क्लबबाट आफ्नो फुटबल करिअर शुरु गरेकमा रोड्रिग्वेज अहिले रियल मेड्रीडसँग आवद्ध छन् ।
सन् २००६ देखि व्यवसयिक फुटबल शुरु गरेका रोड्रिग्वेजको राष्ट्रिय टोलिको यात्रा भने २००७ बाट मात्र भयो । यू १७ बाट शुरु भएको उनको यात्रा यू २१ बाट २०११ मा खेलेपछि त्यसैबर्षदेखि उनि सिनियर टोलिमा पनि परेका थिए । २०११ सालदेखि अहिलेसम्म रोड्रिग्वेज निरन्तर टिममा छन् ।  कोलोम्बीयाका लागि हालसम्म उनले खेलेका ६२ खेलमा २१ गोल गरेका छन् ।  

 

रडामेल फल्कायो

 

रडामेल फलकायो सन् २००७ मा राष्ट्रिय टिममा परेपनि २०११ मा भएको कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाविरुद्धको खेलबाट मात्रै डेब्यु गरेका थिए । सन् २०१४ को विश्वकप छनौटमा फल्कायोले बोलिभियाविरुद्ध अन्तिम समयमा गोल गर्दै कोलम्बियालाई जिताएका थिए ।

 

राष्ट्रिय टिमबाट खेल्दा ९ नम्बर जर्सीमा देखिने फल्कायोले मक्सिको विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । २०१४ को विश्वकप छनौटमा उनले सर्वाधिक ९ गोल गरेका थिए । ३२ वर्षीय फल्कायोले खेलेका ६५ खेलमा २९ गोल गरिसकेका छन् ।

 

विश्वकपको लागि कोलम्बिया टिम
 

 

गोलरक्षकः डेभिड ओस्पिना, कामिलो भर्गास, जोस फर्नान्डो क्युड्राडो

 

डिफेन्डरः क्रिस्टियन जपटा, डेभिन्सन सान्चेज, सान्टिएगो ऐरियस, ओस्कार मुरिलो, फ्याङक फाब्रा, जोहन मोजिका, यरी मिना

 

मिडफिल्डरः विल्मर बारिओस, कार्लोस सान्चेज, जेर्फसन लार्मा, जोसे इज्क्युर्दो,  जेम्स रोड्रिगुएज, अबेल अग्युलार, मार्तेयुस, युरिबे, जुएन फर्नान्डो क्युइन्टेरो, ज्युन क्युडरादो फरवार्डलः रडामेल फल्क्ओ, मिग्युल बोर्जा, कार्लोस बाक्के, लुइस फर्नान्डो म्युरियल रहेका छन् ।

 


जापान

 

 

विश्वकप खेल्ने एसियाका पाँच राष्ट्र मध्ये जापान पनि एक हो । सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको जापानको ठूलो उपलब्धि भनेको दुई पटक समूह चरण पार गर्नु हो ।
जापानसँग ५ वटा विश्वकप खेलेको अनुभव छ भने यो जापानको छैटौ विश्वकप हो । सन् १९९८ बाट लगातार छैटौं विश्वकप फुटबल खेल्न लागेको जापान अहिलेसम्म २ पटक मात्रै नकआउट चरणमा पुगेको छ ।
सन् २००२ र २०१० को विश्वकपमा जापान प्रिक्वाटरफाइनलमा पुगेको थियो । यद्यपि सन् २००२ मा टर्कीसँग १—० र सन् २०१० मा पाराग्वेसँग टाइब्रेकरमा ५—३ ले पराजित भएपछि अन्तिम १६ बाटै बाहिरिएको थियो ।

 

हेड टु हेड
माकोतो हसेबी 

 

 

माकोतो हसेबीले सन् २००६ मा भएको जापान र अमेरिकाबीचको खेलबाट डेब्यु गरेका थिए ।

 

सन् २०१० देखि हसेबी जापान राष्ट्रिय टिममा कप्तानी सम्हाल्दै आएका छन् । सन् २०१० र २०१४ को विश्वकपमा समेत जापानको टोलीको नेतृत्व गरेका थिए । उनले यसअघिका विश्वकपमा आफ्नो टिमलाई समुह चरण कटाउन नसकेपनि रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन र परिपक्व नेतृत्व गर्दै मैदान उत्रिने छन् ।

 

मिडफिल्डमा खेल्ने ३४ वर्षीय हसेबीले अहिलेसम्म खेलेका ११० खेलमा २ गोल गरेका छन् । 

 

शिञ्जी ओकाजकी

 

 

शिञ्जी ओकाज्कीले राष्ट्रिय टिमबाट सन् २००८ मा साउदी अरबविरुद्ध डेब्यु गरेका थिए । उनले अन्तर्राष्ट्रिय पहिलो गोल भने २००९ मा एसिया कपको छनौटमा यमन विरुद्धको खेलमा गरेका थिए ।

 

सन् २००९ मै भएको हंङकङसँगको खेलमा  ओकाजकीको ह्याट्रिक गोलसँगै जापानले हंङकङलाई ६—० गोलले पराजित गरेको थियो । सन् २०१० को विश्वकपको समूह चरणको अन्तिम खेलमा जापानले डेनमार्कलाई ३—० गोलले पराजित गर्दा उनको पनि एक गोल समावेश थियो ।

 

सन् २०१४ को विश्वकपमा ओकाजकीले समूह चरणको अन्तिम खेल कोलम्बिया विरुद्धको खेलमा एक गोल गरेका थिए । ३२ वर्षीय फरवार्ड ओकाजकी ११३ खेलमा ५० गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved