सुन्दरहरैचा नगरपालिकाको सार्वजनिक सुनुवाई : जनताको हितमा सदैव जनप्रतिनिधि

  • प्रकाशित मितिः माघ १५, २०७६
  • 1345 पटक पढिएको
  • समय अनलाइन

मोरङको सुन्दरहरैचा नगरपालिकाको सामाजीक परिक्षण मस्यौदा प्रस्तुतिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सधैभरी जनताको हितमा सुन्दरहरैचा नगरपालीका रहेको मेयर शिव ढकालले बताए ।

नगरपालिकाको आयोजनामा सुन्दरहरैचा वडा नम्बर ४ स्थीत रहेको सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा आयोजीत उक्त कार्यक्रममा जनताको चासो र गुनासोलाई नगरप्रमुख शिव प्रसाद ढकालले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा बिषेसगरी गछिया तथा बुढी खोलाको दोहन तथा तटबन्ध निर्माण, सुकुम्बासी समस्या, सडक निर्माण, लगायतका विषयमा सहभागिले प्रश्न राखेका थिए ।

सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा नगरप्रमुख ढकालले गछिया खोला केहि गहिरो भएको र त्यस तर्फ नगरले ध्यान दिने बताए । नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल लगायत बिभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख एवम प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत सयौं नगरवासीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

जनताको गुनासो सुन्दै मेयर ढकाल गाँउमा आएपछि स्थानीयहरु उत्साहित रहेको स्थानीय नेत्र न्यौपाने बताउछन् । २०६८ को जनगणना अनुसार ८० हजार पाँच सय जनसंख्या रहेको यस नगरमा हाल १ लाख भन्दा बढि जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved