सप्तकोशीको जल यातायात बन्द !

  • प्रकाशित मितिः फाल्गुन १, २०७६
  • 822 पटक पढिएको
  • समय अनलाइन

स्थानीयको अवरोधको कारणले सप्तकोशी नदिमा सञ्चालनमा रहेका पानी जहाज बन्द भएको छ । व्यवसायीका अनुसार कमिसन, रोजगारी, बुकिङ र स्थानीय दादागिरीलगायतका विभिन्न समस्याले बन्द गर्नु परेको हो ।

व्यवसायीले वैद्यानिक भाडादर, सुरक्षालगायतको माग गर्दै यातायात सेवा बन्द गरेको व्यवसायीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए ।

जल यातायात बुधबारदेखि पूर्ण रूपमा बन्द गरेको नेपाल जलयातायता व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कार्कीले बताए ।

‘कानूनी रूपमा भाडादर नतोकिँदा स्थानीयबाट अवरोध भएको छ,’ उनले भने, ‘त्यहाँको दादागिरी मुख्यगरी कमिसनको लागि हुने गरेको छ ।’

भारतको विहारबाट आएका ६ जना पर्यटकसहित गएको जहाजलाई धनकुटाको सहितभूमि गाउँपालिकामा ६ घण्टाभन्दा बढी समय बन्द जस्तै राखिएपछि बन्द गर्न बाध्य भएको उनले बताए ।

सप्तकोशीमा जलयातायात सुरु भएको २ वर्ष भए पनि स्थानीयको अवरोधले लगानी नै डुब्ने अवस्था सिर्जना भएपछि बन्द गर्नु परेको व्यवसायी बताउँछन् ।

स्थानीय यात्रुमध्ये झण्डै १० प्रतिशतलाई निःशुल्क चढाउनुपर्ने अवस्था रहेको सप्तोकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालकसमेत रहेका राजेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved