इनरुवाका टोल वस्तीमा संगठन बनाउदै नेकपा

  • प्रकाशित मितिः फाल्गुन ८, २०७६
  • 828 पटक पढिएको
  • समय अनलाइन

इनरुवा नगरक्षेत्रका दशैवटै वडामा पुर्व नेकपा माओवादी र नकेपा एमालेको एकता पछि नेकपा इनरुवाले टोल तहसम्मको संगठन निमार्णलाई अभियानको रुपमा संचालन गरेको छ । १० वटा वडा रहेको इनरुवा नगरपालिकामा स्थानिय तह निर्वाचनमा ६ वडामा एकल रुपमा निर्वाचन जितेको नेकपाले नगरपालिकामा मेयर र उपमेयर पदमा पराजित व्योहोरेको थियो ।

इनरुवा नगरपालिका नगरकार्यपालिका र नगरसभामा पुर्ण बहुमत रहेको नेकपाले निर्वाचनमा प्रमुख र उपप्रमुख पद गुमाएको अवश्थालाई आगामी दिनमा आफ्नो बर्चश्व सवै वडामा कायम गर्ने लक्ष्य लिएर संगठन निमार्ण कार्यमा जनप्रतिनिधिका कमि कमजोरी, उनीहरुले गरेका गलत कार्यसम्पादन, विकास निमार्णका योजनामा पारदर्शीता भए नभएको प्रत्यक्ष रुपमा जनताबाट सुझाव समेत लिएर टोलतहको संगठनलाई परिचालन गर्ने योजना अगाडी ल्याएको नेकपा प्रदेश एकका सदस्य पोष्टकुमार नेपाल बताउछन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा इनरुवाका अध्यक्ष तिर्थ अधिकारीले पार्टीको एकता समायोजन प्रक्रिया वडा तहसम्म समपन्न भएकाले टोल तहसम्म जनताका बिचबाटै कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायतलाई टोल कमिटि मार्फत संगठित गर्दै जनपरिचालन गर्न संगठन निमार्ण अभियान थालिएको बताए ।

इनरुवा नगरका ३, ५ र ६ नं वडामा टोल तहसम्मको भेला आयोजना गरि निर्वाचित जनप्रतिनिधिहरुबाट भए गरेका विकास निमार्णका कार्यको जनताबाट सुझाव लिदै त्रुटी सच्चाउनका लागी सचेत गराउने कार्य समेत सगठन निमार्ण अभियानमा साथै लिएर गएको नेकपा ३ नं वडाकमिटिका अध्यक्ष चेतराज पोखरेलले बताए ।

पार्टीलाई समावेशी बनाउदै टोल तहमा रहेका समर्थक शुभचिन्तकहरुलाई निर्वाचनमा गरेका प्रतिवद्धताहरु व्यवहारमा लागु भए नभएको प्रत्यक्ष रुपमा आमभेलाबाट सुझाव लिएर समिक्षा गर्दै आगामी दिनमा जनप्रतिनिधिले पुरा गर्नु पर्ने उत्तरदायित्वलाई समेत टोल टोलमा पुनः संकल्प गरिने नेकपा सुनसरीका सदस्य ओमकार दाहालले बताए ।

इनरुवा ३ नं वडामा हालसम्म एक दर्जन टोल कमिटि गठन कार्य पुरा भएकाले अझै दुई दर्जन बढी टोल कमिटि गठन गरि वडामा नेकपाको संगठित जनशत्ती एक हजारको सख्याँमा पु¥याउने लक्ष्य लिएको इनरुवा नगर सदस्य सरिता घिमिरे कार्कीले बताईन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved