नेकपामा कहिले कृष्ण .विष्णु. गोकुल !

  • प्रकाशित मितिः फाल्गुन ८, २०७६
  • 828 पटक पढिएको
  • समय अनलाइन

 नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भन्ने गर्छन् कि यो पार्टी श्रमजीवी, सर्वहारा वर्गको पार्टी हो । हुन पनि कम्युनिष्टहरुको लोगो मै हसियाँ हथौडा हुन्छ । उनीहरुले गरिब, किसान, भूमिहिनहरुका लागि काम गर्छौं भन्ने गर्छन् । तर केही समय यता नेकपाका नेताहरुको आर्थिक हैसियत र कर्म हेर्ने हो भने काम र नामबीच तादाम्यता मिलेको जस्तो देखिदैन ।

पछिल्लो समय धार्मिक नाम तर अधार्मिक कर्ममा तीन कम्युनिष्ट नेता विवादित बनेका छन् । कृष्णबहादुर महरा तीन महिना जेल बसेर हालै छुटे । बलात्कार प्रयासको अभियोगमा उनी जेल परे तर बाहिर निस्के । उनलाई अदालतले सफाइ त दियो, तर अनैतिक कर्मको कुनै हिसाबकिताब हुन सकेन । रातको समयमा पति नभएको बेला, पत्नीकहाँ रक्सीको बोतल लिएर जाने, ती महिलालाई कुटपिट गर्ने आदि काम प्रमाणित सत्य छन् । यो कुरालाई अदालतले हेर्दै हेरेन । महरा छुट्दा धेरैले भने, ‘यो सत्यको जित हो कि सत्ताको ? बुझ्न सकिएन ।’

५३ सालसम्मका सुकुम्बासी विष्णु पौडेलबारे एक छिनमा चर्चा गरौंला । अहिलेका हट केक गोकुलप्रसाद बास्कोटाकै कुरा गरौं ।
सेक्युरिटी प्रेससम्बन्धी ठेक्कामा ७० करोड कमिसनको सेटिङको अडियो रेकर्ड हाम्रो कुरा डटकमले सार्वजनिक गरेको छ । यो अडियो रेकर्डमा कर्मचारीहरुप्रति मन्त्री बास्कोटाको सोचाइ कति तल्लोस्तरको रहेछ भन्ने उनको ‘मु…..’ शब्दले नै प्रष्ट पार्छ ।

हरेक पटकको पत्रकार सम्मेलनमा पत्रकारलाई कुनै न कुनै प्रकारको पाठ पढाउने बास्कोटा आफूलाई आदर्श र नैतिकताको एक प्रतिबिम्ब नै ठान्थे ।

उनी प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रपिताको रुपमा सम्मान गर्थे र आफूलाई राष्ट्रकै पुत्र अर्थात राष्ट्रपुत्र हुँ जस्तो गर्थे । गएको मंगलबार धुलिखेलमा त प्रधानमन्त्रीले उनको प्रशंसा गर्दै भनेका पनि थिए, ‘काभ्रे यस्तो जिल्ला हो, जहाँ गोकुल बास्कोटा जस्ता प्रतिभाको जन्म भएको छ ।’

यिनै बास्कोटा अहिले विवादमा तानिएका छन् । नेकपाकै नेता कार्यकर्ताहरुले छानविनको माग गरिरहेकाछन् ।

अब्, एक लाइनमा विष्णु पौडेलको चर्चा गरौं । विष्णु पौडेलले छोरा नविनका नाममा ५३ सालमा बुटवलको दीपनगरबाट सुकुम्बासीका रुपमा ऐलानी जग्गा हात पारेका थिए । त्यो बेला उनीहरु सुकुम्बासी भने थिएनन् । नवलपरासीको भूताहामा विष्णुकी पत्नीको नाममा १३ कठ्ठा जमिन थियो । तीनै विष्णुका पुत्र नविनले ६१ सालमा बालुवाटारमा ८ आना जमिन ४ लाखमा किने । अवैध जमिन थाहा पाएरै उनले किनेका थिए । कारबाहीको डरले फिर्ता गर्छु भने । अख्तिायरले पनि फिर्ता लिने प्रबन्ध मिलाएर विष्णुका पुत्रलाई कारबाही प्रक्रियाबाट उन्मुक्ति दियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved