चक्रघट्टी जेसीजले वराहक्षेत्र रन कार्यक्रम गर्ने

  • प्रकाशित मितिः फागुन ११, २०७६
  • 1181 पटक पढिएको
  • समय अनलाइन

 


चक्रघट्टी/सुनसरी
नेपाल भ्रमण (भिजिट नेपाल) २०२० लाई लक्षित गर्दै अागामी फाल्गुन १७ गते चक्रघट्टी जेसीजले 'प्रथम वराहक्षेत्र रन-२०७६' कार्यक्रम अायोजना गर्ने भएको छ । जेसीजले शनिवार अाफ्नो सचिवालयमा एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । कार्यक्रमका बारेमा बोल्दै जेसीज अध्यक्ष सन्तोष चौलागाईंले सो कार्यक्रम वराहक्षेत्र नगरपालिकाकै अाजसम्मकै सबैभन्दा ठूलो हाफ म्याथुन प्रतियोगिता हुने तथा भिजिट नेपाल २०२० अन्तरगतको पहिलो बृहत कार्यक्रम हुने दाबी गरे ।
वराहक्षेत्र नगरपालिकामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै वराहक्षेत्र नगरपालिकालाई देशभरि नै चिनाउनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने समेत उनले बताए ।
अान्तरिक पर्यटन प्रवर्द्धन गर्दै नेपाल सरकारले गौरवको कार्यक्रमका रूपमा लिएको भिजिट नेपाल २०२० को कार्यक्रमलाई सार्थक बनाउनका लागि अायोजित प्रथम वराहक्षेत्र रन-२०७६ कार्यक्रम वराहक्षेत्र नगरपालिकाको चतरा स्थित कुम्भ स्तम्भबाट सुरू भई वराहक्षेत्र नगरपालिका-६, चक्रघट्टी स्थित महेन्द्र मा.वि. को प्राङ्गणमा अाएर समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रू. २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भनें क्रमश: दोस्रो हुनेले रू. १२ हजार, तेस्राे हुनेले रू. ७ हजार र सान्त्वना हुनेले रू. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दौडमा भाग लिनका लागि १८ बर्ष उमेर पूरा भई ४० बर्ष नकाटेको हुनुपर्ने छ ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिका एवम् गृह जिल्लाका धरान, इटहरी, इनरूवा साथै मोरङ, उदयपुर, सप्तरी, सिराह, झापा, धनकुटा, भोजपुर लगायतका छिमेकी जिल्लाहरूबाट करिब ५ सय धावक उपस्थित भई कार्यक्रममा सहभागी हुने अनुमान गरिएको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
करिब ६ लाख बराबरको लागतमा संचालन हुने सो कार्यक्रमका लागि केही उत्पादक कम्पनीहरू, स्थानीय समाजसेवी, जेसीजका मानार्थ सदस्य तथा पूर्व अध्यक्षहरूबाट सहयोग प्राप्त भएको सो कार्यक्रमका कार्यक्रम संयोजक लोमनाथ दाहालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved