दुर्घटनाका मृतकको इटहरीमा सामुहिक अन्त्यष्टी, इटहरीमा सार्वजनिक विदा

  • प्रकाशित मितिः फागुन १२, २०७६
  • 1120 पटक पढिएको
  • समय अनलाइन

तीर्थयात्राका क्रममा भारतको तामिलनाडु राज्यमा सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरी उपमहानगरपालिका वडा नम्बर १० का ६ जनाको सोमबार साँझ इटहरीको गंगा जमुना मुक्ति घाटमा सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटना भएको स्थानबाट नेपाल सरकारको पहलमा २ बजे आफन्तको घरमा शब ल्याइएको थियो । ज्यान गुमाएकाहरुका आफन्तहरु भेला हुन समय लागेपछि साँझ ७ बजे मुक्तिघाटमा शब ल्याइएको थियो । दुर्घटनामा मृत्यु भएका श्रीमान् श्रीमती इटहरी १० का ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी,लाइ एउटै चितामा राखि अन्तिम दाहसंस्कार गरियो । बाँकी ४ जनाको शबलाई अलग अलग चित्ता बनाएर दाहसंस्कार गरिएको थियो । पूर्वी सीमाबाट दमक नगरपालीकाको मिनि ट्रकमा इटहरीसम्म शब ल्याउने काम भएको थियो । दाहसंस्कारमा प्रदेश एक सरकारकी उपसभामुख सरस्वती पोख्रेल , नेकपा प्रदेश एक कमिटि , नेपाली कांग्रेस प्रदेश समिति लगायत इटहरीउपमहानगरका मेयर द्वारिकलाल चौधरी , उपमेयर लक्षमी गौतम लगायतको उपस्थिति रहेको थियो ।

इटहरीमा सार्वजनिक बिदा

यसैबिच दुर्घटनाबाट दुखद निधन भएकाहरूकोशोकमा समवेदना प्रकट गर्दै इटहरी उपमहानगरले एक दिन सार्वजनिक बिदाकोघोषणा गरेको छ । घटनाको बिषयलाइ लिएर सोमबार नै आपतकालीन कार्यपालीकाको बैठक बसी एक दिन इटहरीमा सार्वजनिक बिदा दिने निर्णय भए अनुसार मंगलबार बिदा घोषणा गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । बिदाको बिषयमा सोमबार नै उपमहानगरले प्रेसबिज्ञप्ती जारी सबैलाइ जानकारी गराइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved