इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने

  • प्रकाशित मितिः फाल्गुन १२, २०७६
  • 780 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि सोमबार पूर्वतयारी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
उपमहानगरका विज्ञसमूह, कार्यपालिका सदस्यहरु, उपमहानगरका कर्मचारी र संचारकर्मी बीच अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए । उनले इटहरीको सम्वृद्धि र विकासका लागि विभिन्न संभावनाहरु वताउदै त्यसका लागि लगानी जुटाउँन लगानी सम्मेलन गर्न लागिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले इटहरीको दीर्घकालिन विकासलाई ध्यानमा राखेर योजनावद्ध तयारीका साथमा लगानी सम्मेलन गरिनुपर्ने सुझाव दिएका थिए ।
इटहरीमा लगानीका क्षेत्रहरु पहिचान गरी त्यसमा लगानीका लागि के कस्तो वातावरण वनाउँन सकिन्छ त्यसमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा विज्ञ सल्लाहकार संयोजक डा. दिवाकर रेग्मी, रेवती घिमिरे, तारा पोखरेल, जगदीश ओली, रुद्र वस्नेत, मणिराम गिरी, राजु केसी, भोलाकाजी वस्नेत, विमला तिम्सिना लगायतले लगानी सम्मेलनको बारेमा सुझाव दिएका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरु चन्द्र भटटराई, भगवान लाल शाह, हर्क मगर, विश्व घिमाल र वडा सदस्य सन्तोष पराजुलीले पनि आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved