जिल्ला प्रहरी कार्यालय सुनसरीको उत्कृष्ट प्रहरीमा प्रहरी जवान कमल बराईली सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय दुहबीमा कार्यरत बराईली २०७६ साल माघ महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका हुन् ।
१ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहबीमा दरबन्दी भइ हाल इप्रका दुहबीमा कार्यरत बराईलीले विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही दुहबी एरियामा घटेका संगठित अपराध, चोरी, लागूऔषध जस्ता जघन्य प्रकृतीका अपराध हुन गर्न नदिनको साथै अपराधिक गतिबिधिमा संलग्न अभियुक्त तथा मानिष पक्राउ गरी कानुनी दायरामा ल्याई नागरिक समक्ष सुरक्षाको प्रत्याभूत दिलाई प्रहरी संगठनको छबी उच्च बनाएको प्रति सम्मान स्वरुप ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले हस्ताक्षरित सम्मान पत्र फागुन महिना भर प्रहरी कार्यालयमा सम्मानको साथ राखिने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved