एजेन्ट हुँ भन्दै ठगी गर्ने इटहरीका कार्की पक्राउ

  • प्रकाशित मितिः फागुन १४, २०७६
  • 1162 पटक पढिएको
  • समय अनलाइन

आफू म्यानपावर कम्पनिको एजेन्ट हुँ भन्दै ठगी गर्ने एक व्यक्ति इटहरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने ओम बहादुर कार्कीको छोरा ४५ वर्षीय लोकेन्द्र कार्की हुन् ।

पक्राउ परेका कार्कीले आफ्नो विभिन्न म्यानपावर कम्पनिसँग पनि राम्रो पकड छ, अरुले भन्दा छिट्टै भिसा लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट २० लाख रुपैयाँ ठगि गरेको इलाका प्रहरी कार्यालय इटहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित पीडितहरुले लिएको रकम कागज गरौ भन्दा पनि कार्कीले ईटहरी ५ गणतन्त्र टोल स्थित आफ्नै घरमा पिडितहरुलाई लगी डायरी (रजिष्टर)मा टिपोट लेखि विश्वास दिलाएका थिए । उनले विदेश पठाई दिने भनि झुठा आश्वासन दिई रकम लिएको हो ।

यसैगरी कार्कीले विभिन्न मानिसहरुलाई जग्गा पास गरी दिन्छु भन्दै बैना बापतको रकम लिने गरेको पनि पाईएको छ । कार्कीले समयमा जग्गा पास नगरी झुक्काई आलटाल गर्ने, बैक खातामा रकम नभएको अर्काको नामको बैक तथा वित्तीय संस्थाहरुको चेकहरु आफ्नो साथमा राखि आफ्नै चेक हो भनि चेकमा रकम उल्लेख गरी आफैले सहि गरी दिने गरेको समेत प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अन्य कोही ठगिन गएको भएमा यस कार्यालयमा सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

पक्राउ परेका कार्कीलाई ठगी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको इप्रका इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved