आमा र बच्चाको मृत्यू प्रकरणः अस्पतालले छानविन समिति बनाउने आश्वासन

  • प्रकाशित मितिः फाल्गुन १५, २०७६
  • 835 पटक पढिएको
  • समय अनलाइन

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागमा प्रसुती गराउन ल्याइएकी आमा र उनको गर्भमा रहको शिशुको मृत्यु पछि आक्रोशित बनेका आफन्तहरुले अस्पताल प्रशासन संग गरेको वार्ताले पनि कुनै निचोड ननिकालेपछि सहमती बिनै शव बुझेर लगेका छन् ।

गएको मंगलबार वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको प्रसुती वार्डमा प्रसुती गराउन ल्याईएकी इटहरी -४ हलगडाकी २५ बर्षीय लक्ष्मी थापा बुढाथोकीको पेटमा रहेको बच्चाको जन्म नभई आमा र बच्चाको मृत्यू भएको थियो । आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोषीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपुर्तिको मागसहित आफन्तले अस्पताल प्रशासन र गाइनो विभागका चिकित्सकहरुसँग तथा प्रतिष्ठानका पदाधिकारीबीच छुट्टाछुट्टै बार्ता गरेका थिए । बार्ताको पनि खासै निकास ननिस्कीएको र अस्पतालमा भएको खर्च १६ हजार अस्पतालले ब्यहोरीदीने र शव बहानको खर्च बेहोरेर एउटा छानविन समिति गठन गर्ने भनिए पछि विना निचोड मृतक आमा बच्चाको शव बुझेर लगिएको मृतकका श्रीमान दिलबहादुर बुढाथोकीले बताए ।

मृतकका आफन्तले उपचारमा लापरवाही भएको दाबी गर्दै उपचारमा संलग्न डाक्टरहरुलाई तत्काल कारबाही गरीनुपर्ने र क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरेका थिए । दुइ चरणको वार्ता पछि पनि कुनै निचोड नआएपछि शव बुझेका आफन्तहरुले इटहरीको बुढी खोलामा विहिवार नै दाहसंस्कार गरेको मृतकका मामा ससुरा गणेश चौहानले बताए । 'मृतक आमाको पेटबाट बच्चालाई बाहिर निकालिएको र अस्पतालमा लागेको खर्च र शव बहानको खर्च  अस्पतालले ब्यहोरेकाले   शव बुझयौ' उनले भने

चाडै छानविन समिति बनाईने र घटनाको छानविन हुने प्रतिष्ठानले मृतकका आफन्तलाई बताएको छ । सिराहाको गोलबजारकी लक्ष्मी र दिलबहादुरको विबाह भएको एक वर्ष पुग्दै थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved