प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म प्रदेशको नामाकरण हुन नसक्नुको कारण माग गरेको छ । बिहीबार प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु अधिवेशनबाट प्रदेशको नामांकन गर्ने बताए पनि अहिलेसम्म प्रदेशसभामा उक्त विषयले किन प्रवेश नपाएको भनी प्रश्न गरे । ‘के कुराले नामाकरणको बिषय रोकियो जवाफ चाहियो’ नेता कोइरालाले भने ।
उनले पहिचानको बिषयले नामाकरणबाट सरकार डराएको हो भने तत्काललाई पूर्वाञ्चल प्रदेश नामाकरण गरेर अगाडि बढन सुझाव पनि दिए । सांसद कोइरालाले कुनै दलको एउटा नेताका लागि संविधान संशोधन गर्न नहुने टिप्पणी गरेका छन् । उनले संविधान संशोधन गर्न मधेशकेन्द्रित दलहरुले माग गरिरहेको अवस्थामा ती विषय छाडेर व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोजेको भन्दै विरोध जनाए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल गठन गरेको चर्चा चलेका बेला उनले यस्तो धारणा राखेका हुन् ।
नेता कोइराललाले प्रदेश सभाको विशेष र शून्य समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले समयमै दिनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved