प्रदेश १ मा कांग्रेसको प्रश्न : प्रदेशको नामाकरण किन रोकियो ?

  • प्रकाशित मितिः फागुन १५, २०७६
  • 1601 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म प्रदेशको नामाकरण हुन नसक्नुको कारण माग गरेको छ । बिहीबार प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु अधिवेशनबाट प्रदेशको नामांकन गर्ने बताए पनि अहिलेसम्म प्रदेशसभामा उक्त विषयले किन प्रवेश नपाएको भनी प्रश्न गरे । ‘के कुराले नामाकरणको बिषय रोकियो जवाफ चाहियो’ नेता कोइरालाले भने । 

उनले पहिचानको बिषयले नामाकरणबाट सरकार डराएको हो भने तत्काललाई पूर्वाञ्चल प्रदेश नामाकरण गरेर अगाडि बढन सुझाव पनि दिए । सांसद कोइरालाले कुनै दलको एउटा नेताका लागि संविधान संशोधन गर्न नहुने टिप्पणी गरेका छन् । उनले संविधान संशोधन गर्न मधेशकेन्द्रित दलहरुले माग गरिरहेको अवस्थामा ती विषय छाडेर व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोजेको भन्दै विरोध जनाए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल गठन गरेको चर्चा चलेका बेला उनले यस्तो धारणा राखेका हुन् ।

नेता कोइराललाले प्रदेश सभाको विशेष र शून्य समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले समयमै दिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved