गणतन्त्रमा मौलाएको भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण : कमल थापा

  • प्रकाशित मितिः फाल्गुन १७, २०७६
  • 903 पटक पढिएको
  • समय अनलाइन


/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो समय देशमा बढदै गएको भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण रहने बताएका छन् । केही समय अघि घुस बार्गेनिङ् प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटा भ्रष्टाचारीको प्रतिनिधि मात्रै भएको बताएका छन् ।
गणतन्त्रको स्थापनापछि भ्रष्टाचारको श्रृङ्खला नै यस्तै रहेको र बास्कोटा त्यसका प्रतिनिधि पात्र रहेको उनको भनाई छ । राप्रपाको प्रदेश अभिमुखिकरण कार्यक्रममा इटहरी आएका थापाले मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
अहिलेका नेताहरु कसैदेखि पनि नडराएको उनको आरोप छ । उनले भने, ‘नेताहरु कोहिदेखि डराउँदैनन् । राजादेखि डर हुन्थ्यो त्यो पनि साइड लगाए । धर्मदेखि डर थियो धर्म मान्दैनन् । जनतालाई बिभिन्न अकुत सम्पतिबाट किनेर भोट हाल्न लगाइन्छ भन्ने मान्यता राख्छन् । अनि किन डराउँनु ?’
गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामाथि आफुहरुको फरक मत रहेको उनले दोहोर्र्याए । अहिलेको सम्बैधानिक ब्यबस्था जनताले चाहेर नआएको उनको दाबी छ ।
गणतन्त्रका पक्षधरहरुले समेत मान्ने खालको संबैधानिक राजसंस्था आफुहरुको ऐजेन्डा रहेको र त्यसलाई जस्केलाबाट नभई जनताको मतद्धारा ल्याउँने उनको भनाई छ ।
फरक प्रशङ्गमा थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।
एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका न्यून रहेको उनी बताउँछन् । यसमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved