झापामा पाँचतारे होटल मेची क्राउन निर्माणरणमा

  • प्रकाशित मितिः फागुन १८, २०७६
  • 1607 पटक पढिएको
  • समय अनलाइन

 पूर्वी नेपालको झापामा डेढ अर्ब लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । मेची क्राउन होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ ।
विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । झापास्थीत धुलावारीमा मेची क्राउन होटलको ‘फाइनल टच’को काम मात्र बाँकी छ ।
क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको पिक हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष दिपक लेखकले जानकारी दिए । १०५ वटा भिला सहितको कोठा सुबिधा भएको होटलमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल रहेको उनले बताए ।
भारतको पश्चिम बंगाल विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने होटलका प्रबन्धक नितेश पोखरेलले जानकारी दिए । होटलमा अहिले कर्मचारीको नियुक्तीको प्रकृया चलिरहेको बताउदै उनले होटलमा पाँच तारे होटलमा काम गरिसकेको दक्ष जनशक्ती र स्थानियहरुले होटलमा रोजगारको अवसर पाउने बताए ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् ।
हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने नेपाली समूह पहिलो भएको बताइएको छ ।
दी पिकको यो चौथो व्यवस्थापन होटल हो ।
यसअघि भैरहवामा चार तारे होटल बोधि रेडसन, काठमाडौंमा तीन तारे होटल एयपोर्टको व्यवस्थापन जिम्मेवारी पनि लिइसकेका छन् । यस्तै गौशालामा रहेको आनन्द पशुपतिको पनि व्यवस्थापनको काम दी पिकले गरिरहेको छ ।
पछिल्लो समय झापामा स्टार होटल खुल्ने क्रमले तीव्रता पाएको छ । मेचीनगर र बिर्तामोडमा दुइटा पाँचतारे र एक तीन तारे होटल निर्माण अन्तिम चरणमा छन् । काँकडभिट्टामा दुइटा एकतारे होटल ५ वर्षदेखि सञ्चालित छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved