विश्व ह्वील चेयर म्याराथन दिवसमनायोजेसिसले

  • प्रकाशित मितिः फाल्गुन १८, २०७६
  • 840 पटक पढिएको
  • समय अनलाइन

इटहरी : मार्च एक तथा १२ औं विश्व ह्वील चेयर दिवसको अवसर पारेर इटहरी २ को आपँगाछीमा ह्वील चेयर म्याराथन कार्यक्रम सम्मन्न भएको छ । स्पाइनल इन्जुरी संघ प्रदेश एक र इटहरी जेसिसको आयोजनामा भएको कार्यक्रममा प्रदेश एक भित्रका करिब ३५ जना ह्वील चेयर प्रयोगकर्ता ब्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश एक सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् ,भने अध्यक्ष इटहरी जेसिस २०२० का अध्यक्ष माधब भट्टराई रहेका थिए । कार्यक्रममा पुरुष पाचँ सय मिटर ह्वील चेयर म्याराथनमा प्रथम अनिल कुमार शाह, दोश्रो दिपेश विश्वकर्मा, तेश्रो नबिराज राई भएका थिए । उनीहरुलाई क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार तथा मेडल, प्रमाणपत्र,तथा ट्रफि प्रदान गरिएको छ । त्यस्तै महिला तर्फ तीन सय मिटर ह्वील चेयर म्याराथानमा प्रथम चन्द्रिका सरदार, दोश्रो प्रतिमा दाहाल, तेश्रो, अञ्जु कार्की भएका छन् उनीहरु पनि क्रमशः तीन हजार,दुई हजार,एक हजार तथा मेडल, प्रमाणपत्र,तथा ट्रफि प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश एक सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेरले अपाङ्ग भएका हरेक ब्यक्तिको समस्या देखेर थाहा नहुने भएकोले प्रदेश सरकारले कस्तो खालको कार्यक्रम ल्याउँदा प्रत्यक्ष ब्यक्तिलाई प्रभाव पर्छ, त्यस्ता खालका सल्लाह सुझाब दिन आग्रह गर्दै, आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । त्यस्तै कार्यक्रमका अध्यक्ष भट्टराईले बिभिन्न दुर्घटना वा अन्य समस्याले अपाङ्ग भई हिड्ढुल गर्न नसक्ने उनीहरु जुनसुकै बेला घरबाट निस्केर हिड्ढुल गर्न नसक्ने ब्यक्तिको मनोभावना बुझेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै स्पाइनल इन्जुरी संघ प्रदेश एकका अध्यक्ष बिक्रम घिमिरेले घरबाट बाहिर निस्कन नसक्ने अपाङ्गता भएका ब्यक्तिलाई कसरी संगठित गराउन सकिन्छ भन्दै करिब डेढ बर्षको अबधिमा संगठनलाई समाजमा चिनाएको बताउँद,ै बाहिरबाट जति सजिलो तरीकाले ह्वील चेयरमा गुडेको देखिन्छ तर त्यस भित्र भएको दुख, कष्ट बाहिर ल्याउन नसक्ने बताए। उनले भने आफु भित्र भएका हरेक भोगेका समस्या स्थानीय तह, प्रदेश सरकार,संघीय सरकारलाई बुझाउन खोजे पनि नबुझेको जस्तो गरेको गुनासो गरे । बिभिन्न कार्यलयमा जादाँ अपाङ्गता मैत्रि भवनको अभाब रहेको बताउँदै आफुहरुले अन्यान्तै दुख पाएको गुनासो गरे । उनले भने सबै संस्थाले अपाङ्गको समस्या नबुझे पनि इटहरी जेसिसले समस्या बुझेर कार्यक्रम आयोजना गरेको भन्दै इटहरी जेसिसलाई धन्याद ब्यक्त गरे ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालय प्रदेश एक की महाशाखा प्रमुख दुर्गा भण्डारी, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश एक अध्यक्ष पार्वता श्रेष्ठ, चेलीबेटी अपाङ्ग संघ सुनसरी जिल्ला अध्यक्ष लक्ष्मी घिमिरे लयागत इटहरी जेसिसका बिभिन्न बर्षका अध्यक्ष तथा पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved