बीपी प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित
- प्रकाशित मितिः फागुन २०, २०७६
- 1107 पटक पढिएको
- समय अनलाइन
चार वर्ष पछि हुन लागेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित गरिएको छ । फागुन २४ गतेका लागि दीक्षन्त समारोहको मिति तोकिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण चीनपछि, कोरिया, इरान हुँदै भारतसम्म देखिएपछि तत्काललाई दीक्षान्त समारोह स्थगित गरिएको हो ।
वार्षिकरुपमा गरिदै आएको दीक्षान्त समारोह गर्दै आएको प्रतिष्ठानले चार वर्षयता विभिन्न कारणले हुन सकिरहेको छैन् । १३ औं दिक्षान्त समारोह ४ वर्षदेखि नहुँदा विदेशका मेडिकल युनिभर्सिटीमा चिकित्साशास्त्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रमाणपत्र पाउन सकेका छैनन् ।
प्रतिष्ठानले चार वर्षपछि हुन लागेको १३ दिक्षान्त समारोहमा चिकित्साशास्त्र अध्ययन गरेका १ हजार २ सय ७७ जनालाई स्नाकोत्तर तहको सर्टिफिकेट दिने कार्यक्रम तय गरेको थियो ।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा. गुरु खनालले सरकारले कोरोना भाइरस विश्वभर फैलिएकोले भेला तथा सम्मेलन नगर्न आव्हान गरेका कारण दीक्षान्त समारोह स्थगित गरिएको बताए ।