इटहरी । मृत्यु भइसकेको व्यक्तिको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका दुई सरकारी कार्यालयका कर्मचारी सहित आठ विरुद्ध विशेष अदालत काठमाडौमा मुद्धा दायर गरेको छ ।
इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालका साथै मालपोत कार्यालय सुनसरीका तत्कालिन मालपोत अधिकृत दधिराम गुरागाँइ नायव सुब्बा मनोज घिमिरे र खरिदारहरु कृष्णप्रसाद नेपाल तथा रामप्रसाद भट्टराई विरुद्ध अख्तियारले भष्ट्रचार जन्य कसुरमा संलग्न रहेको भन्दै मुद्धा दायर गरेको हो । त्यसै गरी लेखापढि व्यवसायी पुष्करप्रसाद पोखरेल ,रत्नदेवी लिम्वु र गोविन्द कोइराला विरुद्धमा पनि मुद्धा दायर भएको छ । अभियुक्तहरुको संलग्नतामा मृत्यु भई सकेकी धरान उपमहानगरपालिका १० की रणमाया लिम्बुको किर्ते औठा छाँप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको आरोपमा मुद्धा दायर भएको आयोगले जनाएको छ । मुद्धा दायरसंगै इटहरी उपमहानगरपालिका र मालपोतका बहालवाला कर्मचारीहरु निलम्बनमा परेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved