प्रेम जोडी कोशी नदीमा मृत भेटिए

  • प्रकाशित मितिः फाल्गुन २१, २०७६
  • 1082 पटक पढिएको
  • समय अनलाइन

सुनसरीस्थित कोशी नदीमा एक प्रेम जोडीको शव भेटिएको छ । सुनसरी बराहक्षेत्र ७ देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा र सोही स्थान बस्ने १९ बर्षिय पारस लिम्बुले कोशीको ठाकुरबारी किनारबाट शव भेटिएको हो ।

दुवैजनाको शव प्रहरीले छुट्टाछुटै स्थानमा फेला पारेको थियो ।

सोमबार दिउसो ३ बजे कोशी किनारामा स्थानियले बालिकाको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालका अनुसार बालिकाको शव कोशी किनारमा भेटिएको र पारसको भने ५ सय मिटर पर शव भेटिएको बताए ।

ठाकुरबारी किनारमा पारसको चप्पल र मोबाइल बरामद भएको उनले बताए । पारस र मौसम दुवैजनाले कोशीमा हाम फालेको हुन सक्ने उनको भनाई छ ।

शसस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले पारसको शव दुई घण्टा लगाएर निकालेको हो । मौसम र पारस बिच प्रेम सम्बन्ध रहेको बताइएको छ । उनिहरु दुबैजना आइतबार रातीदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

मौसम भने स्थानिय बिद्यालयमा कक्षा ९ मा अध्यानरत थिईन् । घटनाको बिषयमा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved