सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दा प्रमाणित भएकी प्रदेश १ की सांसद गुलेफुन खातुनको विषयमा संसद्मा प्रश्न उठेको छ । काँग्रेस प्रमुख सचेतक केदार कार्कीले खातुन तर्फ इंकित गर्दै हराएको सांसदको खोजी गर्न सभामुखलाई आग्रह गरेका छन् ।
बिहीबारको संसद् बैठकको विशेष समयमा बोल्दै कार्कीले सांसद हराइरहेको भन्दै खोज्न आग्रह गरेका हुन् । कार्कीले हराएको सांसद खोजी गर्न पत्रिकामा सूचना निकाल्ने कि ननिकाल्ने भन्दै प्रश्न समेत गरेका थिए ।
खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरे गरे पनि खातुन अझै प्रदेश १ को प्रदेश सभा सदस्यमा कायमै छिन् ।
उच्च अदालत विराटनगरले गत पुस ६ गते उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई आंशिक सदर गर्दै खातुनलाई १४ हजार पाँच सय ८३ रुपैयाँ बिगो कायम हुने फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved