सबैको रहर, सक्षम विराटनगर

  • प्रकाशित मितिः असार ६, २०७५
  • 1334 पटक पढिएको
  • Mausam

 
 
 
विराटनगर - स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । 

स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् । 

औद्योगिक नगरीको उपमा पाएको नेपालकै पुरानो शहर विराटनगर महानगरपालिका जनसंख्याका दृष्टिले नेपालको दोस्रो ठूलो शहर हो । विसं १९७१ मा मोरङको पूर्वी दक्षिणी क्षेत्र रंगेली सदरमुकामबाट विराटनगर स्थानान्तरित यो सहर स्थापनाको १०० वर्ष पुगिसकेको छ । 

विसं २००८ मा नगरपालिका, २०५२ सालमा उपमहानगरपालिकामा विकसित हँुदै २०७४ सालमा महानगरपालिका बनेको विराटनगर ७७ वर्ग किलोमिटरमा फैलिएको छ । दुई लाख ८० हजार ९१ जनसंख्या रहेको विराटनगरमा १९ वडा छन् । 

विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म जनप्रतिनिधिविहीन नगरपालिका विगतमा कर्मचारीबाटै सञ्चालित थियो भने नेपालको संविधान २०७२ जारी भएपछि नयाँ व्यवस्थामा पहिलो पटक २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचन पछि विराटनगरमा जनप्रतिनिधि आएका छन् । 

निर्वाचनले स्थानीय निकायको अविच्छिन्न प्रतिनिधिको सुनिश्चितता गर्दै ‘हामी सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने जनप्रतिनिधिको घोषणाले नगरवासीमा उत्साह र विश्वास जागेको छ । 

जनप्रतिनिधिले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार तयार गर्न नगरको आवधिक योजना कार्यान्वयन गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने, दिगो शहरी विकासको अवधारणाबमोजिम आर्थिक, भौतिक र सामाजिक तथा सांस्कृतिक पक्षको विकास गर्ने, नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाई नगरवासीको विश्वास आर्जन गर्ने र नगरमा अवसरको सिर्जना र जोखिममा रहेका वर्गको सामाजिक संरक्षण गर्ने लक्ष्य जनप्रतिनिधिले लिनु सकारात्मक कदमका रुपमा लिन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved