इन्जा अध्यक्ष भन्छन 'नेपाली पत्रकारको दुखमा हामी साथमै छौ'

  • प्रकाशित मितिः फाल्गुन २५, २०७६
  • 1059 पटक पढिएको
  • समय अनलाइन

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) का अध्यक्ष गुणराज लुइँटेलले विकास पत्रकारिता अहिले आवश्यकता रहेको बताएका छन् । लामो समयदेखि पत्रकारिता गर्दै विदेशमा बस्दै आएका पत्रकारहरूको संस्थाका अध्यक्ष लुइँटेलले इटहरीको पत्रकारहरू सँगको भेटघाटमा नेपाली पत्रकारितामा विकास पत्रकारिताको आवश्यकता रहेको बताएका छन् ।

विराटनगरका पत्रकार कमल पौडेललाई लागेको ब्लड क्यान्सरमा लडिरहेको बेला इन्जाले विभिन्न माध्यमबाट १४ लाख रुपैयाँ सङ्कलन गरेर समेत दिएको लुइँटेलले जानकारी गराएका थिए । 'नेपाल भित्र एउटा नेपाल छ, नेपाल बाहिर पनि एउटा नेपाल छ, हामी नेपाल बाहिर बाट नेपाललाई हेरिरहेका हुन्छौ' लुइँटेलले भने 'नेपाली पत्रकारहरूलाई दुख पर्दा हामी सदैव साथमा हुन्छौ ।'

इटहरीका पत्रकारहरुसंग अन्तरक्रियाका क्रममा विकास पत्रकारिताको प्रवर्धनमा लाग्नु पर्ने धारणा लुइँटेलको छ । इनटुरिस्ट होटेलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष अमर खड्का प्रेस सङ्गठन प्रेस युनियनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

केहि दिन अगाडी इन्जाले आछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई एक हजार अमेरिकी डलरको सामुदायिक पत्रकारिता पुरस्कार दिएको थियो । ढुंगाना कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंह हिमाल खबर साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षकका समाचारका लागि संयुक्त रूपमा पुरस्कृत भएका थिए ।

शोही कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको सहयोगार्थ गोफण्डमा सड्ड्कलित १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ र कार्यक्रमस्थलमै सङ्कलित तीन लाख रूपैयाँ हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved