श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

  • प्रकाशित मितिः फागुन ३०, २०७६
  • 995 पटक पढिएको
  • समय अनलाइन

 सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए ।

वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, ‘‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ । ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरिएको’ कार्यालयले जनाएको छ ।

 

यसअघि कतारको श्रम स्वीकृति दिन बन्द गरिएको थियो । कतार सरकारले नेपालीलाई कतार जान रोक लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो । अब नेपाली रोजगारीका लागि कुनै पनि मुलुकमा जान श्रम स्वीकृति तत्काल पाउने छैनन् । यसको प्रत्यक्ष असर रेमिट्यान्स आयमा पर्नेछ ।

कतार, मलेसिया, युएइ, साउदी अरब, कुबेत, जापान, बहराइन, दक्षिण कोरियालगायत नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हुन् । 

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाएका रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्दै आएको छ । अब कोरोनाका कारण रेमिट्यान्स पनि प्रत्यक्ष प्रभावित हुने भएको छ । मुलुकमा बर्सेनि ८ खर्ब बढी रुपैयाँ रेमिटेन्स भित्रने गर्दथ्यो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved