नदिमा बेपत्ता भएका भारतीय नागरिक एपीएफ टोलीद्वारा फेला

  • प्रकाशित मितिः चैत १, २०७६
  • 1069 पटक पढिएको
  • समय अनलाइन

 सेल्फि खिच्दा धनकुटाको मुलघाट स्थित तमोर नदिमा खसी बेपत्ता भएका बर्ष २६ का भारतीय नागरिक भिनित शर्माको शवलाई एपीएफ टोलीले सातदिन पछि आज फेला पारेको छ ।
नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत शर्मा फागुन २४ गते तमोर नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए ।
शर्मा नदिमा खसेको जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए ।
उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचायले जानकारी दिनु भयो ।
उहाँका अनुसार एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो ।
नदिमा फेला परेको उक्त शव एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई नदिको वहाव तीब्र भएको कारण कठिनाईका वावजुद अथक मेहनतकासाथ उद्वार कार्य गरेको छ ।
उक्त ठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बलका गोताखोर टोलीले जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्ने भएकाले सव खोज्न शहज भएको हो ।
उक्त टोली एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने र निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् ।
एपीएफ टोली, स्थानीय जनता तथा अन्य निकायहरुको समेत सहयोगले सात दिन पछि बल्ल फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved