कुटपिटमा संलग्न ३ जना युट्युवर पक्राउ

  • प्रकाशित मितिः चैत १, २०७६
  • 957 पटक पढिएको
  • समय अनलाइन

 पछिल्लो समय जथाभावी बोलेर सामाजिक संजालमा भाइरल हुन चाहनेहरु धेरै छन् । अन्टसन्ट बोल्न चाहनेलाई च्याउसरि खोलिएका युटुबहरुले साथ दिएका छन् 

यस्तै प्रवृत्ति मौलाउँदा विकृति पनि झाङ्गिएको छ । यसको पछिल्लो उदाहरण हो पुण्य गौतममाथि युटुबरहरुको हमला । केहिदिन अघि गौतमलाई युटुबरहरुले कुटपिट गरेका थिए ।

महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । गौतमलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेत छन् । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

 केहीदिन अघि युट्युवरहरुको समूहले गौतमलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो ।  आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

गौतम स-साना विषयमा पनि ठुला कुरा गरेर चर्चा कमाउन चाहने व्यक्तिका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved