एसइई परीक्षा : स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग

  • प्रकाशित मितिः चैत्र ५, २०७६
  • 833 पटक पढिएको
  • समय अनलाइन

 नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न÷गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताउनुभयो ।कुरा गर्द अध्यक्ष थापाले महासङ्घको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको जनाउनुभयो । सो परीक्षामा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र एक हजार ९९४ परीक्षा केन्द्र तेकिएको छ ।

 

ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहनुभएका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट गर्नुभयो । उहाँले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved