कोरोनाको जोखिम : झापामा ६० जना भन्दाबढीलाई क्वारेन्टाइन

  • प्रकाशित मितिः चैत्र ११, २०७६
  • 1027 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा झापामा ६५ जना भन्दाबढीलाई मङ्गलवार दिउँसोसम्म स्थानीय तहमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइन र मेची अस्पतालको आइसोलेसनमा राखिएको छ । तीमध्ये धेरैजसो क्वारेन्टाइनमा नगई सेल्फ क्वारेन्टाइनमा घरमै बसेका छन् । बैदेशिक रोजगारीबाट फर्किएकामध्ये शङकास्पद अवस्थाकाi नागरिकलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न थालिएको हो ।

क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य जाँच भइरहेको छ । झापा बाहुनडाँगीको सरस्वती प्राविमा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई केही दिनदेखि क्वारेन्टाइनमा राखिएको स्थानीयले बताएका छन् । एक जनालाई भने मङ्गलवार मात्रै मेची अस्पतालको आइसोलेसनमा राखिएको हो । गौरादहका स्थायी बासिन्दा ती व्यक्ति कतारबाट फर्किएका हुन् ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी कोरोना सङ्क्रमित युवतीसँगै ती युवक पनि आएको जनाइएको छ । युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । त्यसयता सरकारले युवतीसँगै विमानमा आउने नागरिकको खोजी सुरु गरेको छ । ती युवतीलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक भएलगत्तै काभ्रेका दुई युवक सम्पर्कमा आएर अस्पताल भर्ना भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरस्थित धाइजनको क्वारेन्टाइनमा १६ जनालाई राखिएको छ । बुद्धशान्ति गाउँपालिकामा १३ जना होम क्वारेन्टाइनमा छन् । भद्रपुरमा पनि सात जना होम क्वारेन्टाइनमै छन् । बिर्तामोडमा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । बिर्तामोडका ती व्यक्तिले क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन् । अन्त्यमा उनलाई होम क्वारेन्टाइनमै राखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

झापा गाउँपालिकामा १४ जना होम क्वारेन्टाइमा छन् । हल्दीवारीमा दुई, अर्जुनधारामा दुई र दमकमा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । यसबाहेक वैगुनधुराका दुई जना र शिवसताक्षीस्थित माइधारका एक जनालाई मङ्गलवार चन्द्रगढी क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

के हो क्वारेन्टाइन ?

हेर्दा लक्षणअनुसार सङ्क्रमण नभएको तर सङ्क्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई सङक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्छ ।

कोरोना भाइसरको सन्र्दभमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ । कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिनभित्र लक्षण विकसित हुन्छ । त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन ।

सेल्फ क्वारेन्टाइन
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ । त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।

के हो आइसोलेसन ?
यदि कुनै व्यक्तिमा सङ्क्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ । आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved