नेपालमा कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि सरकारले लक डाउन गरेको छ । यो समयमा नागरिक सचेत भएमा मात्रै यो भाईरसबाट बच्न सकिन्छ । नेपाली कलाकार र पत्रकार पनि कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि जनचेतना फैलाउन थालेका छन् । पत्रकारीता क्षेत्रमा उदाएकी सञ्जीताको यो कवितालाई हामीले समेटेका छौ ।
परैबाट नमस्कार गरौँ हात नमिलाऊ, साथी ।
कोरोना लाग्छ सखाप पार्छ उडाई लान्छ माथि ।।
खाना खानु अघि मिची मिची हात धुने गर ।
आफू बाँचौँ अरूलाई पनि बचाऊ अभियानमा अघि सर।
पुर्व तयारीका लागि सलाम छ नेपाल सरकार ।
अझ बाँच्नुपर्छ जनता भिडभाडमा जान गर्नु हुन्न हतार ।।
२४ घण्टा सेवा दिने प्रहरी खेपी समस्या विचित्र ।
सबैलाई अनुरोध गरे स्वास्थ्य रहन बसौँ आफ्नै घरभित्र ।।
पत्रकारले ठाउँ ठाउँ को दिएका छन् सचेत बनाउन जानकारी ।
कोरोना लाग्दैन है नेपाली त्यसका लागि गरौँ पूर्व तयारी ।।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved